काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो ।
मंगलबार प्रतितोला ११६२०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३०० रुपैयाँले बढेर ११६५०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन ३०० रुपैयाँले बढेर प्रतितोला ११५९५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने स्थिर रही प्रतितोला १४५५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य ९९ हजार ८ सय ८० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९९ हजार ४ सय १० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ४७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।