Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, तोलाको कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबारदेखि सुनको मूल्यमा दिन दिनै नयाँ रेकर्ड कायम भएको छ ।कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य १६०० रुपैयाँले बढेको हो ।

मंगलबार प्रतितोला ११७७०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १६०० रुपैयाँले बढेर ११९३०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुनको प्रतितोला ११८७५० रुपैयाँमै कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला १५२० रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम सुनको मूल्य १ लाख २ हजार २ सय ८० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १ हजार ८ सय १० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ३ सय ३ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK