Skip to content
LAXMI SUNRISE BANK

मौद्रिक नीतिको समिक्षाको अन्तिम तयारीः बैंकर्स संघका सीईओसहितलाई गभर्नरले विशेष छलफलमा बोलाए

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) का चार संस्थाहरुलाई छलफलमा बोलाएका छन् । गभर्नर अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षाका विषयमा छलफल गर्न नेपाल बैंकर्स संघसहित सीईओका चार संस्थालाई छलफलमा बोलाएका हुन् ।

गभर्नर अधिकारीले छलफलका लागि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन, फाइनान्स कम्पनी एशोसिएसन र नेपाल माइक्रोफाइनान्स बैंकर्स एशोसिएसनका प्रतिनिधिहरुलाई छलफलमा बोलाएका हुन् ।

मौद्रिक नीतिको पहिलो समीक्षाका लागि गभर्नरले सीईओहरुको संस्थालाई छलफलमा बोलाएको राष्ट्र बैंकका एक अधिकारीले पुष्टि गरेका छन् ।

छलफल बुधबार अपराह्न ४ बजे राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आयोजना गरिएको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिएका छन् ।

ती अधिकारीका अनुसार राष्ट्र बैंकले यही साताको अन्त्यसम्ममा मौद्रिक नीतिको पहिलो समीक्षा ल्याउने तयारी गरेको छ । यही कारण पनि छलफलका लागि गभर्नरले बैंक तथा वित्तीय संस्थाका सिईओहरुलाई छलफलमा बोलाएका हुन् । छलफलमा मौद्रिक नीतिको पहिलो समीक्षाका लागि सुझाव संकलन गरिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK