×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विवादित ठेकेदार हरिनारायण रौनियार एमाले प्रवेश गर्दै, ओलीले भोलि भव्य स्वागत गर्ने ! 

अर्थ सरोकार

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार

PRIME CA

विवादित ठेकेदार हरिनारायण रौनियार एमाले प्रवेश गर्दै, ओलीले भोलि भव्य स्वागत गर्ने ! 

काठमाडौँ । विवादित छविका ठेकेदार हरिनारायण रौनियार एमाले प्रवेश गर्ने भएका छन् । पप्पु कन्सट्रक्सनका तत्कालीन अध्यक्षसमेत रहेका रौनियार मंगलबार एमाले प्रवेश गर्न लागेका हुन् । 

२०७४ सालको निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रौनियारलाई एमालेले पार्टीमा भव्य स्वागत गर्ने तयारी गरेको छ । मंगलबार पर्साको पोखरीयामा हुन लागेको एमालेको पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले रौनियारसहित विभिन्न पार्टीका नेताहरुलाई एमालेमा भव्य स्वागत गर्ने कार्यक्रम रहेको छ । 

रौनियार विगतदेखि नै विवादित ठेकेदार हुन् । उनीमाथि २०७५ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको थियो । यसलगत्तै उनी सांसद पदबाट निलम्बितसमेत भएका थिए । सांसदमा निर्वाचित भएलगत्तै उनको कम्पनी विवादमा तानिएपछि उनले उक्त कम्पनीको जिम्मा आफ्नो छोरा सुमित रौनियारलाई दिएका थिए ।

हाल सरकारले रौनियारको पप्पु कन्सट्रक्सनलाई कालोसूचीमा राखेको छ । रौनियारविरुद्ध बाँकेमा पनि ठगी मुद्धा रहेको छ । रौनियार जिल्ला प्रहरी कार्यालय बाँकेमा ठगीसम्बन्धी कसुरमा परेको किटानी जाहेरीका आधारमा पक्राउसमेत परिसकेका व्यक्ति हुन् । यसअघि सोही मुद्धामा प्रहरी वृत्त बानेश्वरको टोलीले उनलाई पक्राउसमेत गरेको थियो ।

विवादित छविका ठेकेदारलाई पार्टीमा प्रवेश गर्न लागेको भन्दै अहिले सामाजिक सञ्जालमा त्यसको चर्को विरोधसमेत भइरहेको छ । तर, भोलि (मंगलबार) पर्सामा हुने कार्यक्रममा रौनियारलाई एमालेमा भव्य स्वागत गरिनेछ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: