काठमाडौँ । हिमालयन लघुवित्तले सेयरधनीलाई लाभांश नदिने घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफा सञ्चित गर्नुपर्ने भएकाले यसवर्ष लाभांश नदिने घोषणा गरेको हो ।
गत वर्षको नाफा सञ्चित गर्ने निर्णय शुक्रबार साँझ बसेको सञ्चालक समितिको बैठकले गरेको छ । समितिको सोही बैठकले लाभांश नदिने प्रस्ताव पनि गरेको हो ।
यसो त हिमालयन लघुवित्तले गत आर्थिक वर्षमा ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । तर, यसवर्ष भने लघुवित्तले सेयरधनीको हाल खाली राख्ने भएको छ ।
त्यस्तै, लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वासलात तथा नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्