×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रिमियम मूल्यमा हिमालयन रिको आईपीओ निष्कासन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रिमियम मूल्यमा हिमालयन रिको आईपीओ निष्कासन

Artha Sarokar

४ मंसिर २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । हिमालयन रि इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ जारी गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले पहिलो चरणमा ३० लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको हो ।

हिमालयन रिको आईपीओमा विदेशमा रहेका नेपालीहरुले मंसिर १८ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसपछि कम्पनीले सर्वसाधारणका लागि सयर निष्कासन गर्नेछ । कम्पनीले प्रतिकित १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरले आईपीओ जारी गरेको हो ।

हिमालयन रिको आईपीओमा लगानीकर्ताहरुले सिआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

यसो त कम्पनीले कात्तिक २१ गतेबाट प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने तयारी गरेको थियो । तर, त्यसबेला कम्पनीले आईपीओ जारी गर्ने मिति मंसिर ४ गतेका लागि सारेको थियो । सोही अनुसार कम्पनीले सोमबार पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेको नेपालीहरुको लागि आईपीओ जारी गरेको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी