काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले आइपीओ खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि मंसिर ४ गतेदेखि प्रिमियम मूल्यमा आइपीओ खुला गर्ने भएको हो ।
कम्पनीको कात्तिक २१ गतेदेखि आइपीओ जारी गर्ने निर्णयमा सार्वजनिक लेखा समितिले रोक्न आदेश दिएपछि यसको मिति पर सरेको थियो । कम्पनीले तिहार पर्व परेका कारण मिति सारेको दाबीसमेत गरेको थियो ।
कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३ सय ५ ले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसअनुसार कम्पनीले यसको १ सय ५ अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गर्न लागेको हो ।
रिइन्स्योरेन्सले यसपछि सर्वसाधारणका लागि बिक्री मिति तय गर्नेछ । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १ सय ६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २ सय ६ रुपैयाँ दरमा आइपीओ जारी गर्न लागेको हो ।
यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्