Skip to content
LAXMI SUNRISE BANK

हुण्डीको २६ लाख नगदसहित काठमाडौँबाट दुईजना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । स्रोत नखुलेको २६ लाख बढी नगदसहित दुई जना पक्राउ परेका छन् । हुण्डी कारोबारको आशंकामा सोधपुछ गर्दा स्रोत नखुलेको २६ लाख ५७ हजार नगदसहित प्रहरीले दुईजनाई काठमाडौँको इन्द्रचोकबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बर्दियाको गेरुवा–२ घर भएर जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौँ–१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल रहेका छन् ।

प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले सोडारीको साथबाट स्रोत नखुलेको उक्त रकम बरामद गरेको हो । उक्त रकम अभिषेकले दिएको भन्ने सोडारीको बयानअनुसार अभिषेकलाई पनि पक्राउ गरिएको हो ।

हाल उनीहरु दुवैजनाविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK