×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वको सबैभन्दा ठूलो चिनियाँ बैंकमा साइबर हमला, पूरै सिस्टम नै ह्याकरको कब्जामा ! 

PRIME CA

विश्वको सबैभन्दा ठूलो चिनियाँ बैंकमा साइबर हमला, पूरै सिस्टम नै ह्याकरको कब्जामा ! 

२५ कार्तिक २०८०, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । विश्वको सबैभन्दा ठूलो चिनियाँ बैंकमाथि साइबर हमला भएको छ । चीनको इन्डस्ट्रियल एण्ड कमर्सियल बैंक अफ चाइना (आइसीबिसी)को अमेरिकी डिभिजनमा हमला साइबर हमला भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

अचानक साइबर हमला भएपछि बैंकले गरेका कारोबारहरु ‘पेन ड्राइभ’को प्रयोग गरी राफसाफ गरिएको छ । तर, बैंकको सेटलमेन्ट सिस्टमबाट ठूलो संख्यामा अमेरिकी ट्रेजरी राफसाफ हुन नसकेको ब्लुमबर्गले जनाएको छ । ब्लुमबर्गका अनुसार आइसीबिसीको अमेरिकी डिभिजनमा भएको साइबर हमलामा रुससँग सम्बन्धित ‘लकबिट ग्यांग’ संलग्न भएको अनुमान गरिएको छ । 

‘लकबिट ग्यांग’ यसअघि बोइङ कम्पनी, आइओएन ट्रेडिङ युके र युकेको रोयल मेलमा भएको साइबर हमलामा पनि संलग्न रहेको आशंका गरिएको थियो । 

विश्वकै सबैभन्दा ठूलो बैंकमा साइबर हमला भएपछि क्लिरियरिङमा पहुँच सुचारु हुने अनिश्चितताका कारण बजार निर्माता, ब्रोकरेजबैंकहरु कारोबार अर्कै रुटमा लैजान बाध्य भएका थिए । 

बैंकमा भएको साइबर हमलापछि बैंकको चीनस्थित हेड अफिसमा आकस्मिक बैठक गरिएको थियो । जहाँ नियामकहरुलाई पनि घटनाको जानकारी गराउँदै प्रभाव मूल्यांकन र आगामी कदमका बारेमा छलफल गरिएको थियो । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: