×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइजीआई प्रुडेन्सियलको खुद नाफा ६८.०९ प्रतिशतले बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आइजीआई प्रुडेन्सियलको खुद नाफा ६८.०९ प्रतिशतले बढ्यो

Artha Sarokar

४ मंसिर २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय सार्वजनिक गरेको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा ५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ६८.०९ प्रतिशतले धेरै हो ।

इन्स्योरेन्सको नाफासँगै लगानी तथा कर्जाबाट हुने आम्दानी र कमिसनबाट हुने आम्दानी पनि बढेको छ । लगानी तथा कर्जाबाट हुने आम्दानी ४ करोड ८२ लाख रुपैयाँबाट बढेर १० करोड ४१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको कुल दावी भुक्तानी ४४ करोड ३४ लाख रुपैयाँ रहेको छ । गत वर्ष १७ करोड ७६ लाख रुपैयाँ थियो ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा १ अर्ब १९ करोड रुपैयाँ रहेको छ । असोजसम्म कम्पनीले २२ करोड ५२ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा १२५.०४ प्रतिशतले धेरै हो । गत वर्ष यसले १० करोड १ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ भने १६० रुपैयाँ २ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी