×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई लाइफ इन्स्योरेन्स चौँथो इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२३ बाट सम्मानित

PRIME CA
GLOBAL IME BANK

आइएमई लाइफ इन्स्योरेन्स चौँथो इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२३ बाट सम्मानित

८ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स चौँथो इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ ।  इन्डियन चेम्बर अफ कमर्सद्वारा मुम्बईमा आयोजित प्रतिष्ठित चौथो इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२३ मा ‘बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड नेपाल’ को रनरअपको रुपमा आइएमई लाइफ  सम्मानित भएको हो ।

कम्पनी मंसिर ७ गते सम्मानित भएको  हो । विश्व विख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पिडब्लुसी, इन्डिएन इन्स्टिटिउड अफ इन्सोरेन्स लगायत थुप्रै संस्थाहरुद्वारा स्वतन्त्र रुपमा मूल्यांकन गरि विभिन्न वित्तीय सुचाड्ढहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरेको छ ।

यस्तै, इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत  कवि फुयालले भारतको मुम्बईमा आयोजित भव्य समारोहकाबीच उक्त अवार्ड ग्रहण गरेका हुन् । इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड समारोहमा अन्य थुप्रै बीमा कम्पनीहरुको सहभागिता रहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: