×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालको वैदेशिक व्यापारमा आर्थिक मन्दीका कारण निरन्तर कमी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपालको वैदेशिक व्यापारमा आर्थिक मन्दीका कारण निरन्तर कमी

Artha Sarokar

७ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालको वैदेशिक व्यापारमा आर्थिक मन्दीका कारण निरन्तर कमी आएको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०-८१ को चार महिनाको तथ्यांकअनुसार आयात र निर्यात दुवैमा कमी आएको हो ।

उक्त तथ्यांकअनुसार आयातमा मात्रै २० अर्ब रुपैयाँभन्दा धेरैको कमी देखिएको छ । विभागका अनुसार साउनदेखि कात्तिकसम्म ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँको वस्तु आयात भएको छ । नेपालले गत वर्षको चार महिनामा पाँच खर्ब ३२ अर्ब ६९ करोड १३ लाख रुपैयाँको वस्तु आयात गरेको थियो ।

यस्तै, चार महिनाको अवधिमा नेपालले ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । गत वर्षको तुलनामा यो चार अर्ब २० करोड रुपैयाँभन्दा कम हो । नेपालले चार महिनामा चार खर्ब ६१ अर्ब ९३ करोड ८१ लाख रुपैयाँको व्यापार घाटा बेहोरेको छ । यो गत वर्षको सोहि आवधिको तुलनामा झन्डै १ खर्ब रुपैयाँले कम हो ।

गत कात्तिक महिनामा पछिल्लो चार वर्षयताकै कम आयात भएको छ । कात्तिक महिनामा १ खर्ब ४ अर्ब ७४ करोड ४५ लाख रुपैयाँको वस्तु आयात भएको छ । यो ५० महिनापछि सबैभन्दा कम आयात हो ।

त्यस्तै, आर्थिक वर्ष २०७७-७८ मा ९३ अर्ब ३ करोड ८२ लाख रुपैयाँको वस्तु आयात भएकोमा त्यसपछिका वर्षमा मासिक डेढ खर्ब रुपैयाँको हाराहारीमा आयात हुँदै आएको थियो । सरकारले गएको वर्ष आयातमा कडाइ गर्दासमेत कात्तिकमा १ खर्ब ३० अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भएको थियो ।

सरकारले अर्थतन्त्रका मुख्य सूचकहरू राम्रो रहेको बताउँदै आए पनि आन्तरिक अर्थतन्त्रमा भने मन्दी देखिएको छ । बजारमा चहलपहल छैन । मन्दीको असर वैदेशिक व्यापारमा देखिएको विज्ञहरूले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी