काठमाडौँ । अमेरिकाको न्युजर्सी राज्यमा ज्यान गुमाएका नेपाली विष्णु शाहको परिवारलाई इन्स्योरेन्स बापतको रकम उपलब्ध गराइएको छ ।
टेक्सास नेपाली समाजका उपाध्यक्ष तथा न्यूयोर्क लाइफ इन्स्योरेन्स कम्पनीका वित्तीय इन्स्योरेन्स एजेन्ट जनक भण्डारीले मृतक शाहको परिवारलाई इन्स्योरेन्स बापतको रकम हस्तान्तरण गरिएको जानकारी दिएका छन् ।
विष्णु शाहको निधनपछि उनको इन्स्योरेन्स भएको कम्पनी न्यूयोर्क लाइफ इन्स्योरेन्स कम्पनीले त्यसबापत २ लाख ५६ हजार ५ सय ६२ अमेरिकी डलर (तीन करोड तेत्तीस लाख बराबरको नेपाली रुपैयाँ) नेपालमा रहेका उनको परिवारलाई उपलब्ध गराइएको हो ।
रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर–६ स्थायी घर भएका शाहको हृदयघातका कारण अमेरिकामा १७ जनवरी २०२३ मा निधन भएको थियो । शाह ९ वर्ष अगाडि अमेरिका पुगेका थिए । उनको परिवार हाल दाङको घोराही नगरपालिका वडा नम्बर १५ मा बस्दै आएको छ ।
शाहले न्यूयोर्क लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराएका थिए । कम्पनीले बीमा बापतको रकम नेपालमा रहेकी उनकी श्रीमती मिना शाहलाई उपलब्ध गराएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्