Skip to content
LAXMI SUNRISE BANK

वेयरहाउजिङ कम्पनीको आईपीओ जारी

अर्थ सरोकार

काठमाडौँ । वेयरहाउजिङ कम्पनीले प्राथमिक सेयर (आईपीओ) जारी गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबर अर्थात ११ लाख ४१ हजार २ सय ५० कित्ता सेयरका लागि आईपीओ जारी गरेको हो । 

कम्पनीले जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँको १३ लाख ७५ हजार कित्ता सेयर निष्कासनको अनुमति पाएको थियो । जसमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टाएको १० प्रतिशत सेयर बाँडफाँड गरिसकेको छ । 

हाल कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा मंसिर १३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा कम्पनीको माग अनुसार आवेदन नपरे आवेदन दिने मिति मंसिर २४ गतेसम्म थप हुनेछ । आईपीओ निष्कासनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङले कम्पनीलाई आईआरएन डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्छ । 

कम्पनीको आईपीओको बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । आईपीओमा आवेदन दिन चाहनेले सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK