Skip to content
LAXMI SUNRISE BANK

आईएचएको उपाध्यक्षमा निर्वाचित सुशील पोखरेललाई इप्पानले दियो बधाई

अर्थ सरोकार

काठमाडौं । अन्तर्राष्ट्रिय जलविद्युत संघ (आईएचए)को उपाध्यक्षमा निर्वाचित सुशील पोखरेललाई इप्पानले बधाई दिएको छ । संघले एक कार्यक्रमको आयोजना गरी पोखरेललाई सम्मान पत्रसहित बधाई तथा शुभकामना दिएको हो ।

उक्त, कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले पोखरेललाई सम्मान पत्र प्रदान गरेका थिए । साथै, उनले नेपालको जलविद्युत क्षेत्रमा विदेशी लगानीकर्ता ल्याउनको लागि पोखरेलले अन्तर्राष्ट्रिय मञ्चमा पहल गर्ने विश्वास व्यक्त गरेका छन् ।

आईएचएमा पोखरेलले नेपालको प्रतिनिधित्व गर्दै गर्दा नेपालको ऊर्जा क्षेत्र र छाता संगठन इप्पानलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने इप्पानको अपेक्षा रहेको बताएका थिए ।यस्तै, पोखरेलले आईएचएको प्लेटफर्म इप्पानका लागिसमेत प्रयोग गरेर नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा जल विद्युतलगायतका हरित ऊर्जामा लगानीको लागि गन्तव्य मुलुक बनाउन सक्दो पहल गर्ने बताएका छन् । उनले इप्पान र आईएचको सहकार्यमा ऊर्जा क्षेत्रमा काम गर्नेसमेत प्रतिवद्धता जनाएका हुन् ।

आईएचएको साधारण सभामा पोखरेलले नेपालको जल विद्युतलगायतका ऊर्जा क्षेत्रमा लगानीको लागि सहि समय छ भन्ने सन्देश दिएका छन् । साथै, नेपालको बारेमा सुन्दा निकै उत्साहित भएकासमेत बताएका छन् ।

उनले २०२५को साधारण सभा युरोपमा हुने र नेपालबाट थप व्यक्तिहरु बोर्डमा जानेगरी तयारी गर्न इप्पान पदाधिकारीहरुलाई आग्रह गरेका थिए । पोखरेलले २०२७मा हुने साधारण सभा नेपालमा गर्नको लागि अहिले देखि नै लागि पर्नेसमेत बताएका छन् ।

नेपाल लगानीका लागि राम्रो छ भनेर मात्रै नहुने भन्दै साँच्चै विदेशी लगानीकर्ता ल्याउने हो भने यो कारणले नेपाल उत्तृकष्ट छ भनेर जानुपर्ने पोखरेलको धारणा छ । आईएचएमा जल विद्युत उत्पादनमा सक्रिए विश्वका १ सय २० देशका जल विद्युत प्रवर्द्धक, उपकरण उत्पादक, कन्सलट्यान्टलगायत उक्त क्षेत्रमा सक्रिय विभिन्न कम्पनीहरुहरु सदस्य रहने जनाएका छन् ।

आईएचएमा नेपालबाट बीजबेल, ऊर्जा डेभलपर र हाइड्रो कन्सल्ट गरी ३ वटा कम्पनीहरुमात्र सदस्य रहेका छन् । आईएचएमा सेन्ट्रल एसिया र साउथ एसिया क्षेत्रका नेपाल, भारत, भुटान, बंगलादेश, पकिस्तान, ताजकिस्तानलगायतका २८ देशको प्रतिनिधित्व गरेर आईएचएको बोर्ड उपाध्यक्ष हुने पोखरे एक्ला व्यक्ति रहेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK