×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल विद्युत प्राधिकरणमा झण्डै ४ सय कर्मचारी माग

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल विद्युत प्राधिकरणमा झण्डै ४ सय कर्मचारी माग

Artha Sarokar

२४ कार्तिक २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणमा ठूलो संख्यामा जागिर खुलेको छ । प्राधिकरणले सहनिर्देशकदेखि प्राविधिकसम्म झण्डै ४ सय जनाको लागि जागिर खुलाएको हो ।

एक सूचना जारी गर्दै प्राधिकरणले दसौँ तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधिकतर्फ विभिन्न पदमा कर्मचारी मागेको छ । दशौँ तह अन्तर्गत भने प्राधिकरणले प्रशासनतर्फ एक जना सहनिर्देशक र प्राविधिकतर्फ एकजना प्रबन्धक माग गरेको छ ।

त्यस्तै, प्राधिकरणले उपप्रबन्धक ३ जना, सहायक निर्देशक, सहायक प्रबन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानून अधिकृत, इन्जिनियर तथा सहायक स्तरका विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ । प्राधिकरणले विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्री लगायतका पदका लागि पनि दरखास्त आह्वान गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी