×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना बैंक र लुम्बिनी हस्पिटलबीच सेवा शुल्क छुट सम्बन्धि सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कामना बैंक र लुम्बिनी हस्पिटलबीच सेवा शुल्क छुट सम्बन्धि सम्झौता

Artha Sarokar

७ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कामना विकास बैंक र लुम्बिनी हस्पिटलबीच सम्झौता भएको छ । बैंकले बुटवल रुपन्देहि स्थित लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजसँग सेवा शुल्क छुट सम्बन्धि सम्झौता गरेको हो ।

कम्पनीको सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

अस्पतालमा कामना बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा सहजै सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

बैंकले आफ्ना १ सय ३५ सञ्जालहरु, ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्रमार्फत् अत्याधुनिक सेवा सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी