×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकले सम्पन्न गर्यो रक्तदान कार्यक्रम

PRIME CA
GLOBAL IME BANK

कामना सेवा विकास बैंकले सम्पन्न गर्यो रक्तदान कार्यक्रम

२१ कार्तिक २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । कामना सेवा विकास बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त बैंकले आफ्नो स्थापनाको १६औं वर्ष पार गरि १७औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा आफ्ना सम्पुर्ण क्षेत्रिय कार्यालयहरुमा  रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकको  केन्द्रीय कार्यालय, ज्ञानेश्वरमा सम्पन्न भएको रक्तदान कार्यक्रममा ५६ पिन्ट, कोशी प्रदेशको विराटचोक शाखामा भएको रक्तदान कार्यक्रममा ४० पिन्ट, मधेश प्रदेशको विरगञ्ज शाखामा भएको रक्तदानमा २३ पिन्ट, बर्दिबास शाखामा भएको रक्तदानमा ३० पिन्ट, नारायणगढ क्षेत्रको खैरहरी पर्सा शाखामा भएको रक्तदानमा १ सय १० पिन्ट, पोखरा क्षेत्रको प्रस्र्याङ्ग शाखामा भएको रक्तदानमा ४६ पिन्ट र पश्चिम क्षेत्रको नेपालगञ्ज शाखामा भएको रक्तदानमा ३६ पिन्ट रगत संकलन भएको बैंकले जानकारी दिएको छ ।

सो कार्यक्रम अन्तर्गत गत शनिबार बुटवल क्षेत्रको बुटवल शाखामा भएको रक्तदानमा ७६ पिन्ट रगत संकलन भएको थियो । कामना विकास बैंकले कुल ४ सय १७ पिन्ट रगत संकलन गरेको जनाएको छ ।

त्यस्तै, वार्षिकोत्सवकै कार्यक्रम अन्तर्गत बैंकले कोशी प्रदेशको विराटचोकमा रहेको सुकुना बहुमुखी क्याम्पसमा ५० हजार रुपैयाँ बराबरको छात्रवृत्तीसमेत प्रदान गरेको छ । उक्त छात्रवृत्ती रकम क्याम्पसको व्यवस्थापन संकायमा अध्ययनरत १० जना जेहेन्दार विद्यार्थीहरुलाई प्रदान गर्ने क्याम्पसका सहायक क्याम्पस प्रमुख बलराम पोख्रेलले बताएका छन् ।

बैंकले आफ्नो स्थापनाको १७औं वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रम सहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरु गरिरहेको छ । सो बैंकले आगामी बिहिबारसम्म बैंकले विभिन्न कार्यक्रमहरु गर्ने जानकारी दिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: