×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना बैंकद्धारा ग्राहकहरुलाई केवाईसी अद्यावधिक गर्न आग्रह

GLOBAL IME BANK
SHREE KESH

कामना बैंकद्धारा ग्राहकहरुलाई केवाईसी अद्यावधिक गर्न आग्रह

७ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कामना विकास बैंकले आफ्ना ग्राहकहरुलाई पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै आफ्ना ग्राहकहरुलाई केवाइसी अपडेट गर्न आग्रह गरेको हो ।

बैंकले ग्राहकहरुलाई सूचना प्रकाशित भएको ३५ दिनभित्र अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकमा खाता खाली कारोबार गर्दै आईरहेका ग्राहकहरुलाई पटकपटक अद्यावधिक गर्न जानकारी गराउँदा पनि पूर्ण रुपमा केवाईसी अद्यावधिक नभएकाले बैंकले यस्तो आग्रह गरेको हो ।

त्यस्तै, ग्राहकहरुले तोकिएको समयभित्र अद्यावधिक नगराएमा प्रचलित कानून तथा बैंकको खाता संचालन नियम बमोजिम हुने समेत बैंकले जनाएको छ । ग्राहकहरुले बैंकको जुनसुकै शाखा कार्यालयमाबाट केवाईसी अद्यावधिक गर्न सक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: