×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकले सार्वजनिक गर्यो नयाँ योजना, ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कुमारी बैंकले सार्वजनिक गर्यो नयाँ योजना, ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धता

Artha Sarokar

२१ कार्तिक २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कुमारी बैंकले नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले तिहार र छठ पर्वलाई लक्षित गर्दै ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धताका साथ आकर्षक ‘क्यासब्याक अफर’ सार्वजनिक गरेको हो ।

बैंकको उक्त योजना अनुसार, हरेक दिन पहिलो ५० जनालाई मोबाइल बैंङकिङमार्फत क्यूआर र पहिलो ५० जनालाई कार्डबाट भुक्तानि कारोबार गर्दा बैंकद्धारा २५ प्रतिशत अधिकतम ५ सय १ रुपैयाँसम्म क्यास ब्याक दिने बैंकले जानकारी दिएको छ । साथै, क्यास ब्याक रकम पिओएस, क्यूआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट गर्ने कारोबारमा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

चाडपर्वको अवसरमा कुमारी बैंकले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी कात्तिक २६ देखि मंसिर ३ गतेसम्म लागु हुने जानकारी दिएको छ ।

उक्त बैंकले देशभर रहेका ३ सय ८ शाखा प्रधान कार्यालय बाहेक, ४८ वटा विस्तारित काउन्टर, ३ सय ९ एटिएम, तथा ६४ शाखारहित बैंकिङ एकाइहरू सहितको बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी