×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकद्धारा ८ करोड बराबरको बीमा रकम भुक्तानी, सहर र ग्रामीण भू-भागमा लोकप्रियता बढ्दो

PRIME CA
GLOBAL IME BANK

कुमारी बैंकद्धारा ८ करोड बराबरको बीमा रकम भुक्तानी, सहर र ग्रामीण भू-भागमा लोकप्रियता बढ्दो

११ मंसिर २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । कुमारी बैंकले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरको बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​

बैंकले विगत ४ वर्षदेखि परिवार सुरक्षा बचत खातामा सामान्य जाँच (ओपीडी), अस्पताल भर्ना तथा गम्भीर रोगहरूको उपचार एवं दुर्घटनामा मृत्यु बीमाबापत बीमा कम्पनीहरूमार्फत रकम प्रदान गर्दै आइरहेको छ ।​

कम्पनीको तथ्यांक अनुसार सो योजना अन्तर्गत सहरि तथा ग्रामिण क्षेत्रबाटसमेत ग्राहकहरु लाभान्वित भएका छन् । बाग्मती प्रदेशमा सर्वाधिक ३६ प्रतिशत दाबी रकम भुक्तान गरिएको छ भने मधेश प्रदेश र गण्डकी प्रदेशमा क्रमश:११ प्रतिशत र १० प्रतिशत तथा बाँकी रकम अन्य प्रदेशमा भुक्तान भएको छ । कुल बीमा भुक्तानी मध्ये कम्पनीले अस्पताल भर्ना बीमा वापत सर्वाधिक ५४ प्रतिशत रकम भुक्तानी गरेको छ ।

कुमारी परिवार सुरक्षा बचत खातामा खातावाला सहित परिवारका ४ जाना सदस्यले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्ने भएकोले बचत खाता ग्राहकहरुमाझ अत्याधिक लोकप्रिय रहेको हो ।

कम्पनीले आफ्ना देशभर रहेका ३ सय ९ शाखा सञ्जाल, ३ सय १५ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ इकाईहरुमार्फत ग्राहकलाई विभिन्न सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: