×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वास्थ्य प्रणाली सुधारका लागि नेपालले विश्व बैंकसँग १३ अर्ब ऋण लियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

स्वास्थ्य प्रणाली सुधारका लागि नेपालले विश्व बैंकसँग १३ अर्ब ऋण लियो

Artha Sarokar

१६ कार्तिक २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । स्वास्थ्य प्रणाली सुधार गर्नका लागि नेपालले विश्व बैंकबाट झण्डै १४ अर्ब रुपैयाँ सहायता लिएको छ ।

नेपालले विश्व बैंकबाट लिएको सहायतामध्ये १० करोड डलर (झण्डै १३ अर्ब ३० करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण र ३८ लाख ४० हजार (झण्डै ५१ करोड) रुपैयाँ अनुदान रहेको अर्थ मन्त्रालयले जनाएको छ । विश्व बैंकमार्फत प्राप्त हुने उक्त ऋण अन्तराष्ट्रिय विकास संस्था (आईडीए)मार्फत प्राप्त हुने अर्थ मन्त्रालय र विश्व बैंकले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सहुलियतपूर्ण ऋण र अनुदान दुवै सहायतका लागि बिहीबार विद्युतीय हस्ताक्षरसमेत गरिएको छ । यो विश्व बैंकद्धारा नेपालमा वित्तीय लगानी गरिएको पहिलो विद्युतीय हस्ताक्षरित आयोजना हो ।

सहायता दिने÷लिने सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थसचिव डा.कृष्णहरि पुष्कर र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जेर्भोसले हस्ताक्षर गरेका छन् । विश्व बैंकबाट प्राप्त उक्त सहायता संघीय तहको स्वास्थ्य बीमा बोर्ड, कोशी र गण्डकी प्रदेशका छनोट गरिएका प्रदेश र स्थानीय तहको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यान्वयन गर्नेछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी