×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लोकसेवा आयोगको विशेष परीक्षामा सबै परीक्षार्थी फेल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लोकसेवा आयोगको विशेष परीक्षामा सबै परीक्षार्थी फेल

Artha Sarokar

२२ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । लोकसेवा आयोगले लिएको फार्मेसी सहायक पदको परीक्षामा सबै परीक्षार्थी फेल भएका छन् । आयोगको जलेश्वर कार्यालय र पोखरा कार्यालयले लिएको फार्मेसी सहायक पदको लिखित परीक्षामा सहभागी सबै परीक्षार्थी फेल भएका हुन् ।

परीक्षामा सहभागी कोही परीक्षार्थीले पनि लिखित परीक्षा पास गर्न नसकेको आयोगले जनाएको छ ।

आयोगका अनुसार जलेश्वर कार्यालयमा खुलातर्फ एक जना सहायक फार्मेसी पदको विज्ञापन खुलेकोमा १३ जना परीक्षार्थीहरु लिखित परीक्षामा सहभागी भएका थिए । तर, परीक्षामा सहभागी सबै फेल भएका हुन् ।

त्यस्तै, पोखरा कार्यालयमा महिला कोटामा एक जनाको माग भएकोमा लिखित परीक्षा दिन सहभागी तीन जना परीक्षार्थी फेल भएको आयोगले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी