Skip to content
LAXMI SUNRISE BANK

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ सरोकार

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना सेयरधनीहरुको नाममा रहेको ३७ हजार ३ सय १९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक सेयरधनीले आजको मितिबाट ३५ दिनभित्र  आवेदन दिनुपर्नेछ । बैंकको प्रधान कार्यालय डिल्लीबजार काठमाडौंमा आफुले खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

उक्त समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई बिक्री गर्ने बैंकले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK