Skip to content
LAXMI SUNRISE BANK

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, १५ दिनभित्र आवेदन दिनुपर्ने

अर्थ सरोकार

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले कार्तिक २१ गते मंगलबारदेखि आफ्ना सेयरधनीहरुको नाममा रहेको २ लाख ६ हजार ३९ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा जो कोहि व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले पनि आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न मिल्ने गरी बिक्री खुला गरिएको जनाईएको छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले कात्तिक २१ गतेबाट १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा आफुले खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK