×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँका सडकमा फूलको मालाको व्यापार बढ्यो, मूल्यमा मनपरी हुँदा ठगिँदै ग्राहकहरु… (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : २६ कार्तिक २०८०, आईतवार

PRIME CA

काठमाडौँका सडकमा फूलको मालाको व्यापार बढ्यो, मूल्यमा मनपरी हुँदा ठगिँदै ग्राहकहरु… (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : २६ कार्तिक २०८०, आईतवार

काठमाडौँ । आज (आइतबार) तिहारको दोस्रो दिन अर्थात कुकुर तिहार र लक्ष्मी पूजा । आइतबार बिहानैदेखि काठमाडौँका सडकहरुमा फूलको मालाको व्यापार गर्नेहरुको भीड छ । खासगरी काठमाडौँको कलंकी, बल्खु, न्युरोड, कोटेश्वर लगायतका सडकमा फूल व्यापारीहरुको भीड लागेको छ ।

फूल बेच्ने व्यापारीमात्र होइन आइतबार बिहानैदेखि काठमाडौँका यी क्षेत्रहरुमा फूलका माला किन्नेहरुको पनि उस्तै भीड छ । तिहारमा अत्याधिक प्रयोग गरिने सयपत्री, सुपारी तथा मखमली फूलका माला व्यापारीहरुले प्रतिगोटा १ सय ५० देखि २ सयका दरले बेचिरहेका छन् भने कतिपयले सोही मालालाई ३ सयदेखि ३ सय ५० सम्म पनि बिक्री गरिरहेका छन् । यसरी फूलका मालाको मूल्यमा एकरुपता नहुँदा एउटै प्रकृतिको मालामा पनि ठगिने गरेको ग्राहकहरुको गुनासो रहेको छ ।

यसो त सरकारले प्लाष्टिकका फूलमालामा प्रतिबन्ध लगाएर पनि होला यसवर्ष काठमाडौँमा अन्य वर्षको तुलनामा स्वदेशी फूलका मालाको व्यापार भने बढेको छ ।

तर, फूलका मालाको मूल्यमा एकरुपता नहुँदा भने सर्वसाधारण मर्कामा परेका छन् । यता काठमाडौँ महानगरपालिकाले तिहारभरी ४ दिनका लागि भृकुटीमण्डप, एयरपोर्ट–तिनकुने, हाँडी गाउँ र बालाजुमा स्वदेशी फूलका मालाको खरिद बिक्रीका लागि ठाउँ नै तोकिदिएको छ । तर, यी बाहेकका स्थानहरुमा पनि फूलका माला बेच्ने र किन्नेहरुको भीड लागेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: