×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मञ्जुश्री फाइनान्सको नाफा १६ प्रतिशतले बढ्यो, ईपीएस पनि ३ रुपैयाँ ४५ पैसाले बढ्यो (थप विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मञ्जुश्री फाइनान्सको नाफा १६ प्रतिशतले बढ्यो, ईपीएस पनि ३ रुपैयाँ ४५ पैसाले बढ्यो (थप विवरणसहित)

Artha Sarokar

१७ कार्तिक २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मञ्जुश्री फाइनान्स लिमिटेडले ८ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । फाइनान्सले सार्वजनिक गरेको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.३६ प्रतिशतले बढी हो । फाइनान्सले गत आर्थिक वर्षमा ७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

फाइनान्सको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा यसको खुद ब्याज आम्दानी १०.७८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ९०.१९ प्रतिशत बढेको छ ।

त्यस्तै, समीक्षा अवधिमा फाइनान्सको कुल सञ्चालन आम्दानी १८.७६ र सञ्चालन मुनाफा १६.८४ प्रतिशत बढेको छ । खुद ब्याज आम्दानी, खुद फि तथा कमिसन र सञ्चालन मुनाफा बढेसँगै फाइनान्सको खुद नाफा बढ्न पुगेको हो । पहिलो त्रैमाससम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा २ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, पहिलो त्रैमासमा फाइनान्सको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यसअवधिमा फाइनान्सको ईपीएस ३ रुपैयाँ ४५ पैसा बढेर २४ रुपैयाँ ५० पैसा पुगेको छ । फाइनान्सको प्रतिशेयर नेटवर्थ भने असोज मसान्तसम्ममा १५८ रुपैयाँ १० पैसा रहेको छ ।

हाल मन्जुश्री फाइनान्सको जगेडा कोषमा ७८ करोड ५८ लाख रुपैयाँ सञ्चित छ । पछिल्लो तीन महिनामा फाइनान्सको निक्षेप ११.०९ प्रतिशत बढेको छ भने कर्जा ८.०६ प्रतिशत बढेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी