×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाबुराम र विप्लव माओवादीमा फर्किँदै, यही महिना एकता हुनसक्ने ! 

अर्थ सरोकार

प्रकाशित मिति : ३ मंसिर २०८०, आईतवार

PRIME CA

बाबुराम र विप्लव माओवादीमा फर्किँदै, यही महिना एकता हुनसक्ने ! 

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेत्रविक्रम चन्द (विप्लव) माओवादीमा फर्किने भएका छन् । भट्टराई र विप्लव माओवादीमा फर्किन लागेको प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पुष्टि गरेका छन् । 

प्रचण्डका अनुसार दुवैजनासँग पार्टी एकता गर्ने प्रारम्भिक सहमतिसमेत भइसकेको छ । आइतबार रुकुम पश्चिममा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पार्टी एकताका लागि छलफल भइरहेको बताएका छन् । विगतमा विभाजित भए पनि अब भने मिलेर अघि बढ्ने विषयमा भट्टराई र विप्लव दुवै सकारात्मक रहेको प्रचण्डको भनाई थियो । 

त्यस्तै, भट्टराई र विप्लव माओवादीमा फर्किएसँगै कार्यकर्ता, शहीद र घाइतेका परिवारमा पनि उत्साह फर्किने प्रचण्डको दाबी छ । उनले माओवादी विभाजनका कारण जनयुद्धमार्फत प्राप्त भएका राजनीतिक उपलब्धि खतरामा भएकोले एकता अपरिहार्य रहेको समेत उल्लेख गरेका छन् । 

प्रधानमन्त्री प्रचण्डका अनुसार भट्टराई र विप्लवसँगको छलफल टुँगोमा पुगे यही महिनामा समाजवादी, विप्लव र माओवादीबीच एकता हुनेछ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: