×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमडिएमएस प्रणाली आजबाट लागू हुने, दर्ता नभएका करिब २० लाख फोन ‘लक’ गर्दै दूरसञ्चार प्राधिकरण 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एमडिएमएस प्रणाली आजबाट लागू हुने, दर्ता नभएका करिब २० लाख फोन ‘लक’ गर्दै दूरसञ्चार प्राधिकरण 

Artha Sarokar

२० कार्तिक २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सोमबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागु हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क ‘लक’ गरेर सोमबारदेखि पहिलो चरणमा यो प्रणाली कार्यान्वयनमा ल्याउने भएको हो । 

अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यले पटकपटक सञ्चालनको घोषणा गरिएको एमडिएमएस परीक्षणको एक वर्षपछि प्राधिकरणले यो प्रणाली सञ्चालन गर्न लागेको हो । 

प्रणालीमा दर्ता नभएका मोबाइलको नेटवर्क ‘लक’ गर्न सेवाप्रदायकलाई जानकारी गराइसकिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले एमडिएमएस लागू गर्नपूर्व कात्तिक ४ गते सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र दर्ता गरिसक्न जानकारी गराएको थियो । त्यसअघि पनि प्राधिकरणले बारम्बार एमडिएमएस प्रणालीमा मोबाइल दर्ता गराउन सार्वजनिक सूचना जारी गर्दै आएको थियो ।

सोमबारदेखि पहिलो चरणमा ‘हाइएन्ड’ मोबाइल लक गर्न सेवाप्रदायकलाई प्राधिकरणले निर्देशन दिइसकेको छ । योसँगै अबदेखि हरेक दिन दर्ता नभएका अवैध मोबाइलको नेटवर्क आफैँ ‘लक’ हुँदै जानेछन् । 

प्राधिकरणका अनुसार गतवर्ष असोजयता नेपाल भित्रिएका करिब २० लाख व्यक्तिगत मोबाइल सेट यो प्रणालीमा दर्ता छैनन् । त्यसका लागि प्राधिकरणले आफ्नो दर्ता प्रक्रियालाई पूर्ण रूपमा अनलाइन र निःशुल्क गरेको भन्दै प्रणालीमा दर्ता गराउन आग्रह गरेको छ । 

बजारमा अवैध मोबाइल खरिद हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले मोबाइल खरिदपूर्व त्यसको आइएमइआई दर्तापूर्व प्रणालीमा दर्ता भए/नभएको यकिन गर्न पनि सेवाग्राहीलाई आग्रह गरेको छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी