×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिर्मिरे लघुवित्तले  जग्गा बिक्री गर्ने, जग्गाको न्यूनतम मूल्य १४ लाख १४ हजार

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मिर्मिरे लघुवित्तले  जग्गा बिक्री गर्ने, जग्गाको न्यूनतम मूल्य १४ लाख १४ हजार

१५ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मिर्मिरे लघुवित्तले  जग्गा बिक्री गर्ने भएको छ । उक्त कम्पनीले एक सूचना जारी गर्दै आफ्नो नाममा रहेको ४ कट्ठा १५ धुर जग्गा (घडेरी) बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

कम्पनीले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं १० मा रहेको जग्गा विक्री गर्न लागेको हो । कम्पनीका अनुसार, ‘जग्गा खरिद गर्न इच्छुक जो-कोहीले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । सो जग्गाको लागि न्यूनतम मूल्य १४ लाख १४ हजार तोकेको छ ।’

त्यस्तै, आवेदनका लागि बोलपत्र फाराम कम्पनीको सामान्य सेवा विभाग, केन्द्रीय कार्यालय बेनपा र सुदूरपश्चिम प्रदेश कार्यालय बौनियाबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । आवेदकले बोलपत्र फाराम कम्पनीको केन्द्रीय कार्यालय वा सुप प्रदेश कार्यालय बौनियामा प्राप्त हुने गरी ३५ दिनभित्र पेश गर्न कम्पनीले आग्रह गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: