×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जागिर खाने हो ? मिथिला लघुवित्तमा कर्मचारी माग, यस्तो छ आवश्यक योग्यता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जागिर खाने हो ? मिथिला लघुवित्तमा कर्मचारी माग, यस्तो छ आवश्यक योग्यता

Artha Sarokar

८ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मिथिला लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै आफ्नो विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

लघुवित्तले सहायक प्रबन्धकका लागि १ जना र कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारी मग गरेको छ । सहायक प्रबन्धक पदका लागि स्नाकोत्तर वा सो सरह परीक्षा उर्तिण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । साथै, कनिष्ठ सहायकका लागि एसएलसी वा सो सरहको परीक्षा उर्तिण गरेको हुनुपर्नेछ ।

यस्तै, सहायक प्रबन्धकको लागि इच्छुक उम्मेदवारहरु २१ वर्ष पुरा भई ५० वर्ष ननाघेको हुनुपर्छ भने  कनिष्ठ सहायकका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । तर, महिला उमेदवारहरुको हकमा मथिल्लो उमेरको हदमा ५ वर्ष थप हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले इच्छुक र योग्यता पुगेका उम्मेदवारलाई १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी