काठमाडौं । मोलुङ हाइड्रोपवारले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । हाइड्रोपवारले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले पहिलो त्रैमाससम्ममा ३ करोड ४३ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २८.२१ प्रतिशतले बढी हो ।
अघिल्लो वर्ष कम्पनीले २ करोड ६८ लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने ७ करोड ५१ लाख ६३ हजार रुपैयाँबाट घटेर ७ करोड ४१ लाख १४ हजार रुपैयाँमा पुगेको छ । त्यस्तै, प्रशासनिक खर्च पनि ३७ लाख रुपैयाँबाट घटेर १८ लाख रुपैयाँमा सिमित भएको छ ।
यता, कम्पनीको बिक्री लागत १३ लाख रुपैयाँबाट बढेर ३२ लाख रुपैयाँ पुगेको छ । कम्पनीले आइपीओ बिक्री गरी चुक्ता पुँजी ८० करोड २५ लाख रुपैयाँ पुयाएको छ । रिटेन्ड अर्निङ शीर्षक भने १६ करोड ६७ लाख रुपैयाँ नोक्सानमा छ । यसको प्रतिसेयर आम्दानी ४.२८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ७९.२२ रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्