×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ खुल्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ खुल्यो

Artha Sarokar

८ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आजदेखि खुला भएको छ । कम्पनीले सर्वधारणका लागि ११ लाख ४८ हजार कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीको आईपीओमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताहरुले कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । आईपीओको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ ।

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि खुलाएको आईपीओ बिक्रीप्रश्चात बाँडफाँडसमेत गरिसकेको छ । आईपीओ जारी गरेपछि कम्पनीको कुल चुक्ता पूँजी ७० करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले सिआस्वा सदस्यता लिएको बैंक तथा वित्तीय संस्था वा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । मुक्तिनाथ विकास बैंकको मुख्य लगानी रहेको यो कम्पनीमा खासगरी कृषि पेशामा आवद्ध व्यक्तिहरुको लगानी रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी