×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कन्य च्याउ र सिमीको मुल्य घट्यो, लागत नउठेपछि किसान मर्कामा !

LAXMI SUNRISE BANK
GLOBAL

कन्य च्याउ र सिमीको मुल्य घट्यो, लागत नउठेपछि किसान मर्कामा !

१९ कार्तिक २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कन्य च्याउको बजार मूल्य अत्यधिक मात्रामा घटेपछि च्याउ किसान मर्कामा परेका छन् ।  च्याउ उत्पादन वृद्धिसँगै मूल्यमा आएको भारी गिरावटका कारण व्यावसायिक च्याउखेती गर्ने किसान मर्कामा परेका हुन् ।
डेढ महिनाअघि प्रतिकिलो दुई सय बजार मूल्य रहेको कन्य च्याउको मूल्य यतिबेला घटेर प्रतिकिलो न्युनतम ५० रुपैयाँ पुगेको छ । बजारमा बढी मात्रामा उपभोक्ताले उपभोग गर्ने च्याउ कन्य नै हो । चिसो मौसममा च्याउको उत्पादन पनि बढी हुने गर्छ ।
त्यस्तै, कन्य च्याउको न्युनतम मूल्य ५० रुपैयाँ हुँदा डल्ले च्याउ भने २५० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ । किसानले उत्पादन गरेको च्याउ र सिमीको मूल्य अत्यधिक मात्रामा घटेपछि किसानको लागत मूल्यसमेत उठ्न सकेको छैन । आहिले नेपाली बजारमा लोकल सिमिको न्युनतम मूल्य १० रुपैयाँ रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी