×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘एनआईसी एशिया ग्रोथ फण्ड २’ नामक म्युचुल फण्ड बिक्रीमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘एनआईसी एशिया ग्रोथ फण्ड २’ नामक म्युचुल फण्ड बिक्रीमा

Artha Sarokar

४ मंसिर २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनआईसी एशिया क्यापिटलले ‘एनआईसी एशिया ग्रोथ फण्ड २’ नामक म्युचुअल फण्डको बिक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सकिनेछ ।

एनआईसी एशिया बैंकको उक्त म्युचुअल फण्डमा मेरो सेयरबाट आवेदन दिन सकिन्छ । उक्त म्युचुअल फण्डमा लगानीकर्ताले छिटोमा मंसिर ७ र ढिलोमा मंसिर १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

बिक्री खुला गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरिनेछ । त्यस्तै, बाँकी रहेको ८ करोड ५० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

बैंकले ल्याएको उक्त म्युचुअल फण्डलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ कम्पनीले ‘ए माइनस’ रेटिङ प्रदान गरेको छ । योजनाले प्राप्त गरेको उक्त रेटिङले लगानीमा कम जोखिम रहेको जनाउँछ । उक्त फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी