×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जागिर खाने हो ? नाडेप लघुवित्तमा कर्मचारी माग, यस्तो छ आवश्यक योग्यता

PRIME CA

जागिर खाने हो ? नाडेप लघुवित्तमा कर्मचारी माग, यस्तो छ आवश्यक योग्यता

१३ मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै आन्तरिक लेखा परीक्षण तथा सूचना प्रविधि विभागको अधिकृत श्रेणीका लागि कर्मचारी माग गरेको हो ।

लघुवित्तले अधिकृत तथा सहायक अधिकृत (आन्तरिक लेखापरीक्षक) पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । सो पदका लागि सेमी-क्वालिफाइड चार्टर्ड एकाउन्टेन्टबाट अप्लाईड स्किल्स लेभल उत्तीर्ण गरेको तथा उक्त कोष अन्तर्गत ३ वर्षको आर्टिकलसिप पुरा गरेको हुनुपर्नेछ । साथै, स्नातक तह उत्तीर्ण गरकाले आवेदन दिन सक्नेछन् ।

यस्तै, सहायक अधिकृत (सूचना प्रविधि) पदमा १ जना कर्मचारी माग गरेको छ । जसका लागि सूचना प्रविधि विषयमा स्नातक गरी बैंक तथा वित्तीय संस्थामा १ वर्ष सम्बन्धित क्षेत्रमा कार्य गरेका उमेदवारहरुले प्राथमिकता पाउनेछन् । उमेरको हद २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र महिलाको हकमा भने माथिल्लो उमेर हदमा ५ वर्ष थप हुने कम्पनीले जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले आवश्यक कागजात संकलन गरेर आवेदन दिन सक्नेछन् । उमेदवारहरुले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदनदिनुपर्ने कम्पनीले जानकारी दिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: