Skip to content
LAXMI SUNRISE BANK

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान 

अर्थ सरोकार

काठमाडौँ । नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरिएको छ । कोषको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले एक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो । 

योग्यता पुगेका इच्छुकहरुले कोषको कार्यकारी निर्देशकका लागि सूचना प्रकाशित भएको मिति (आज) देखि २१ दिनभित्रमा आवेदन दिनुपर्नेछ । 

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य सिलबन्दी आवेदन दिनुपर्नेछ । आवेदनमा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरण र दुई प्रति पासपोर्ट साइजको फोटो तथा व्यवसायिक कार्ययोजना (पाँच हजार शब्दमा नबढ्ने गरी) खामबन्दी गरी पेश गर्नुपर्नेछ । 

दरखास्त आवेदनका साथ अर्थ मन्त्रालयको राजश्व खातामा पाँच हजार रुपैयाँ जम्मा गरेको सक्कल भौचर पनि पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK