काठमाडौँ । आजियाटाले एनसेलबाट बाहिरिने घोषणा गरेको छ । एनसेलको माउ कम्पनीका रुपमा रहेको आजियाटाले नेपालमा व्यवसायिक चुनौती देखिएको भन्दै एनसेलबाट बाहिरिने घोषणा गरेको हो । एनसेलबाट बाहिरिने निर्णय आजियाटाको सञ्चालक समितिको बैठकले गरिसकेको छ ।
एनसेलबाट बाहिरिँदै नेपालबाट लगानी झिक्ने घोषणा गरेको आजियाटाले एनसेल बिक्रीमा राख्ने समेत निर्णय गरिसकेको छ ।
आजियाटाका प्रमुख कार्यकारी अधिकृत विवेक सुदका अनुसार एनसेलबाट लगानी झिक्ने निर्णयबारे स्थानीय नियामकलाई जानकारी गराइसकिएको छ । एनलेसलमा आजियाटा ग्रुपको ८० प्रतिशत स्वामित्व रहेको छ । एनसेलको बाँकी २० प्रतिशत सेयर भने सुनिभेरा क्यापिटल भेन्चर प्रालिको रहेको छ ।
लगातार नेपालको अर्थतन्त्रमा देखिँदै गरेको शिथिलता र कमजोर व्यवसायीक पर्फमेन्सका कारण आजियाटाले एनलेसबाट बाहिरिने निर्णय गरेको हो । एनलसेलबाट बाहिरिएसँगै आजियाटा थप बलियो हुने र दीर्घकालीन रुपमा लगानीकर्तालाई फाइदा हुने विश्वास कम्पनीले गरेको छ ।
एनसेलबाट बाहिरिने घोषणासँगै आजियाटाले एनसेल बिक्रीमा राखेको छ । एनसेलमा रहेको ८० प्रतिशत सेयर बेचेर नेपालबाटै आजियाटा बाहिरिने भएपछि एनसेलको पनि रिब्राण्डिङ गरिने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्