×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलको योजना अन्तर्गत ३ जना ग्राहकले पाए स्कुटर, अर्थपूर्ण तरिकाले ग्राहकहरुको मन जित्ने प्रयास

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनसेलको योजना अन्तर्गत ३ जना ग्राहकले पाए स्कुटर, अर्थपूर्ण तरिकाले ग्राहकहरुको मन जित्ने प्रयास

Artha Sarokar

२३ कार्तिक २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनसेलको योजना अन्तर्गत तीन जना ग्राहकले स्कुटर पाएका छन् । सो कम्पनीको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर-प्राइज’ योजना अन्तर्गत मंगलबार काठमाडौंको नयाँ बानेश्वर, भैरहवा र जनकपुरस्थित एनसेल सेन्टरमा आयोजित भिन्ना भिन्नै कार्यक्रममार्फत ३ जना ग्राहकले स्कुटर पाएका छन् ।एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले नयाँ बानेश्वर एनसेल सेन्टरमा ललितपुरका आकाश तामाङ्लाई बम्पर पुरस्कार स्कुटर हस्तान्तरण गरेका हुन् । साथै, एनसेल सेन्टर भैरहवाबाट अभिनेत्री केकी अधिकारीले बाँकेकी मिना त्रिपाठीलाई बम्पर पुरस्कार स्कुटर हस्तान्तरण गरेकी छिन् ।

त्यस्तै, सप्तरीका सुदिप कुवार क्षेत्रीलाई अभिनेत्री प्रियंका कार्कीले एनसेल सेन्टर जनकपुरमा आयोजिक कार्यक्रममा बम्पर पुरस्कार स्कुटर हस्तान्तरण गरेकी थिईन् । उक्त योजना एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा ब्रान्ड प्रतिबद्धता ‘हामी तपाईंकै लागि’ भाद्र ३१ देखि २८ दिनसम्म संचालनमा रहेको कम्पनीले जानकारी दिएको छ ।प्रबन्ध निर्देशक जाब्बोरले भने, ‘योजना अर्थपूर्ण तरिकाले ग्राहकहरुको मन जित्ने हाम्रो प्रयासको एक प्रमाण हो । यो कस्टमर इन्गेजमेन्ट योजनामार्फत हामीले एनसेलका बारेमा ग्राहकका बिचारहरु हजारौ नाराका रुपमा पाएका छौं र हामी उहाँहरुको भावनालाई सधैं कदर गर्दछौ ।’

सो योजनामा प्रत्येक ग्राहकलाई दैनिक स्योर प्राइज प्रदान गरेका थिए । साथै, एनसेल सम्बन्धी उत्कृष्ट नारा पठाउने हजार ग्राहकहरुलाई हरेक हप्ता सय रुपैयाँ बोनस ब्यालेन्स प्रदान गरेका थिए ।

एनसेलको योजना अन्तर्गत दैनिक रुपमा ग्राहकहरुलाई प्रदान गरेको स्योर प्राइजहरुमा डिजिटल सेवाहरू, ब्यालेन्स, डाटा, टक टाइम र एसएमएसहरु रहेका थिए । साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका लागि योग्य हुन ग्राहकहरुले सर्त अनुसार एनसेलको बारेमा नारा पठाएका थिए ।

उक्त, अवधिमा देशभरका ग्राहकबाट कम्पनीले ४५ हजार भन्दा बढी नाराहरु प्राप्त गरेको थियो । साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका विजेताहरू क्रिएटिभ एजेन्सीमार्फत गरिएको नाराहरुको मूल्याङ्कन र विजेता छनोट प्रक्रियाको एक अडिट फर्मद्वारा गरिएको परीक्षणको आधारमा छानेको कम्पनीले जानकारी दिएको छ ।एनसेलको योजना अन्तर्गत एनसेलले बम्पर पुरस्कार स्वरूप ७ जना विजेतालाई स्कुटर उपलब्ध गराउने घोषणा गरेको थियो । मंगलबार एनसेलले विराटनगर, धनगढी र हेटौडामा बम्पर प्राइज हस्तानतरण गरेको थियो । साथै, कम्पनीले बाँकी रहेका १ जना विजेतालाई बिहीबार पोखरामा पुरस्कार हस्तानतरण गर्ने जानकारी दिएको छ ।

त्यस्तै, कम्पनीले बुधबार दिउँसो जनकपुर र भैरहवास्थित एनसेल सेन्टरमा ग्राहक भेटघाट कार्यक्रमको आयोजना गरेको थियो । उक्त, कार्यक्रममा अभिनेत्री प्रियंका कार्कीले जनकपुरको एनसेल सेन्टरमा र अभिनेत्री केकी अधिकारीले भैरहवा एनसेल सेन्टरमा आएका ग्राहकहरुसँग अन्तरक्रिया गरेका थिए ।

एनसेलले उक्त सेन्टरहरुबाट बुधबार सय रुपैयाँ भन्दा बढीको रिचार्ज गर्ने ग्राहकहरुलाई विभिन्न उपहारहरु प्रदान गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी