काठमाडौं । एनसेलले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर-प्राइज’ योजना अन्तर्गत ३ जना ग्राहकलाई बम्पर पुरस्कारमा स्कुटर प्रदान गरेको छ । सो कम्पनीले बम्पर पुरस्कार जित्न सफल ७ जना ग्राहकहरु मध्ये ३ जना ग्राहकलाई छुट्टा-छुट्टै कार्यक्रममाझ विराटनगर, धनगढी र हेटौडामा स्कुटर हस्तानतरण गरेको हो ।विराटनगरस्थित एनसेल सेन्टरमा एक कार्यक्रम माझ अभिनेत्री प्रियंका कार्कीले सुनसरीका रोहन शर्मालाई बम्पर पुरस्कार हस्तान्तरण गरेकी छन् । त्यस्तै, मंगलबारनै धनगढीस्थित एनसेल सेन्टरमा आयोजित कार्यक्रममा अभिनेत्री केकी अधिकारीले गोमा कुमारी खराललाई बम्पर पुरस्कार हस्तान्तरण गरेकी हुन् ।
एनसेल सेन्टर हेटौडामा एनसेलका प्रोडक्टस् डाईरेक्टर विशाल नेगीले चितवनकी रिना ढकाललाई पनि बम्पर पुरस्कार हस्तान्तरण गरेका छन् । एनसेलको उक्त योजना १८औं वार्षिकोत्सवको अवसरमा ब्राण्ड प्रतिबद्धता ‘हामी तपाईंकै लागि’ अन्तर्गत संचलान गरिएका पहलहरू मध्ये एक रहेको जनाएको छ ।सो कम्पनीले भाद्र ३१ देखि २८ दिनसम्म संचालनमा रहेको उक्त योजनामा प्रत्येक ग्राहकलाई दैनिक स्योर प्राइज प्रदान गरेको थियो । साथै, एनसेल सम्बन्धी उत्कृष्ट नारा पठाउने १ हजार ग्राहकहरुलाई हरेक हप्ता सय रुपैयाँ बोनस ब्यालेन्स प्रदान गरेको थियो ।
एनसेलको योजना अन्तर्गत दैनिक रुपमा ग्राहकहरुलाई प्रदान गरेको स्योर प्राइजहरुमा डिजिटल सेवाहरू, ब्यालेन्स, डाटा, टक टाइम र एसएमएसहरु रहेका थिए । साप्ताहिक बोनश ब्यालेन्स र बम्पर पुरस्कारका लागि योग्य हुन ग्राहकहरुले सर्त अनुसार एनसेलको बारेमा नारा पठाएका थिए । उक्त अवधिमा देशभरका ग्राहकबाट कम्पनीले ४५ हजार भन्दा बढी नाराहरु प्राप्त गरेको थियो ।एनसेलले साप्ताहिक बोनश ब्यालेन्स र बम्पर पुरस्कारका विजेताहरू क्रिएटिभ एजेन्सीमार्फत गरेको नाराहरुको मूल्याङ्कन तथा विजेता छनोट प्रक्रियाको एक अडिट फर्मद्वारा गरेको परीक्षणको आधारमा छानेका थिए । सो योजना अन्तर्गत एनसेलले बम्पर पुरस्कार स्वरूप ७ जना विजेतालाई स्कुटर उपलब्ध गराउने घोषणा गरेको थियो ।
सो कम्पनीले बाँकी रहेका ४ जना विजयेताहरुलाई बम्पर प्राइज कार्तिक २२ र २३ गते प्रदान गर्ने जानकारी दिएको छ ।