काठमाडौं । नेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमाससम्ममा कम्पनीले ८ करोड ८० लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा १४९.५१ प्रतिशतले धेरै हो । गत वर्षको सोहि आवधिमा कम्पनीले ३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद नाफासँगै लगानी तथा कर्जाबाट हुने आम्दानी पनि बढेको छ । लगानी तथा कर्जाबाट हुने आम्दानी १० करोड ७० लाखबाट बढेर ११ करोड ६१ लाख रुपैयाँ पुगेको छ । असोजसम्म इन्स्योरेन्सले ४३ करोड १९ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा २.९८ प्रतिशतले धेरै हो ।
यता, कम्पनीको बीमा बापतको दावी भुक्तानी भने घटेको छ । उक्त भुक्तानी ३३ करोड ९२ लाख रुपैयाँबाट घटेर २९ करोड २८ लाख रुपैयाँ कायम भएको छ । इन्स्योरेन्सको चुक्त्ता पूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ । यसको रिटेन्ड अर्निङमा ३३ करोड १६ लाख रुपैयाँ रहेको छ । यो गत वर्षको भन्दा १५ प्रतिशतले धेरै हो ।
कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५० पैसा छ । प्रतिसेयर नेटवर्थ भने २११ रुपैयाँ ७१ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्