काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले जाजरकोटमा गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावितलाई आवश्यक खाद्यन्ह, त्रिपाल, लत्ताकपडा लगायत सिरक डसना र म्याट्रेस सहयोग गर्ने भएको छ । चेम्बरको विपद् व्यवस्थापन कोष अन्तर्गत भूकम्प प्रभावितलाई अत्यावश्यक सामाग्री सहयोग गर्न लागिएको अध्यक्ष राजेन्द्र मल्लले बताए।
चेम्बरले आवश्यक सम्पुर्ण सामाग्री कर्णाली प्रदेश चेम्बर अफ कमर्स मार्फत सरकारको एकद्धारा प्रणालीमा सहयोग गर्नेछ । भूकम्पबाट अति प्रभावित जाजरकोट, रुकुम पश्चिम, लगायतका जिल्लाका पीडितलाई खाद्यन्ह, त्रिपाल, लत्ताकपडा लगायत सिरक डसना र म्याट्रेस बितरण गर्ने चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सरकारी संयन्त्रसंग समन्वय गरेर नै सहयोग सामाग्री वितरण गरिने अध्यक्ष मल्लको भनाई छ । जाजरकोटमा गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको भूकम्पमा परि मृत्यु भएकाप्रति चेम्बरले गहिरो समवेदान प्रकट गरेको छ ।
चेम्बरले जाजरकोट लगायतका आसपासका जिल्लामा भूकम्प पीडितको पुर्नस्थापनका लागि आवश्यक सहयोग संकलन जुटाउन समेत प्रदेश, जिल्ला र नगर चेम्बरलाई आग्रह गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्