काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले बौद्धिक सम्पत्ति संरक्षणबारे युवा व्यवसायीलाई प्रशिक्षण दिएको छ । चेम्बरले मानवीय बुद्धिको उपयोगबाट सिर्जित बौद्धिक सम्पत्तिको संरक्षण एवं अन्तराष्ट्रिय अभ्यासबारे युवा उद्यमीलाई जानकारी दिने उद्देश्यले प्रशिक्षण आयोजना दिएको हो ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा बिहिबार आयोजना गरेकोे प्रशिक्षणमा करिव ३६ जना युवा उद्यमीले सहभागिता जनाएका थिए । बौद्धिक सम्पत्ति संरक्षण समाजका कार्यबहाक अध्यक्ष विशु कुमार केसीले नेपालमा बौद्धिक सम्पत्ति संरक्षणको अवस्था, अन्तराष्ट्रिय अभ्यासलगायतका विषयमा युवा उद्यमीहरुलाई प्रशिक्षण दिएका थिए ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले भने, ‘बौद्धिक सम्पत्तिका धनीको कानूनी व्यवस्था राज्यले दिने अधिकारलाई स्थापित गराउन युवा उद्यमीहरुलाई प्रशिक्षण दिएको हो । बौद्धिक सम्पत्तिको अधिकारबारे उद्योग व्यवसायी, सरकारी निकायका सरोकारवाला पदाधिकारी, सञ्चार माध्यम सबैै सचेत हुनुपर्छ ।’
त्यस्तै, समाजको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि सहयोग गर्नका लागि बौद्धिक सम्पत्तिको अवधारणा आएको छ । नेपालमा वि.सं १९९३ साल देखि नै पेटेन्ट, डिजाईन र ट्रेडमार्क कानून प्रचलनमा आएको हो ।
नेपाल चेम्बर अफ कमर्सले पनि बौद्धिक सम्पत्ति संरक्षणका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्