काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरण गरिदिन चिनियाँ राजदूत समक्ष आग्रह गरेको छ । मुख्य व्यापारिक साझेदार चीनसँगको सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरणका लागि चेम्बरले आग्रह गरेको हो ।
काठमाडौँको जमलस्थित भवनमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहित पदाधिकारी र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्गबीच दुई मुलुकको व्यापार, लगानी, एवं पर्यटन क्षेत्रमा सहकार्य गर्ने सम्वन्धमा सोमबार छलफल भएको हो ।भेटवार्तामा अध्यक्ष मल्लले चीन नेपालको मुख्य व्यापारिक साझेदारी राष्ट्र भएको उल्लेख गरेका छन् ।
उनले दुई देशको सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरण तथा स्याफ्रुबेसी केरुङ सडक निर्माणका लागि पहल गर्न आग्रह गरेका हुन् । चीनसँग व्यापार खाडल उच्च रहेको भन्दै अध्यक्ष मल्लले नेपाली वस्तुको निर्यात बृद्धिका लागि पहल गर्नसमेत आग्रह गरेका छन् ।
यस्तै दुई मुलुकबीच व्यापार एवं लगानीका साथै सांस्कृतिक आदान प्रदान गरेर पर्यटन गतिविधि बढाउनसमेत उनले आग्रह गरे । सोही वार्ताको क्रममा राजदूत छनले नेपाल चीनको उच्च प्राथमिकतामा रहेको बताउँदै नेपालको आर्थिक विकास र समृद्धिका लागि राज्यको नीति स्थिर हुनुपर्ने र यसका लागि निजी क्षेत्रले पनि पहल गर्नुपर्ने उनको भनाई छ ।
राजदूत छन सोङ्गले नेपाल जलविद्युतमा आत्मनिर्भर हुने क्रममा रहेको भन्दै विद्युतीय सवारी साधनहरुलाई उच्च प्राथमिकतामा राखेर इन्धनको आयातबाट हुने व्यापार घाटा कम गर्न सुझाव दिएका छन् । साथै, नेपालको पर्यटन क्षेत्रमा अथाह सम्भावना रहेको हुँदा यसलाई उद्योगको रुपमा विकास गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
चेम्बर्स अफ कमर्सका अनुसार नेपालले चीनबाट वार्षिक २ खर्ब २२ अर्ब रुपैयाँ बराबरको आयात गर्दा १ अर्ब ७६ करोड रुपैयाँ हाराहारीमा निर्यात गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्