काठमाडौं । मङ्सिर १४ गते बिहीबार काठमाडौंका विभिन्न ठाउँमा विद्युत सेवा प्रभावित हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले एक सुचना जारी गर्दै विद्युत सेवा प्रभावित हुने जानकारी गराएको हो ।
टेकु सबस्टेसन स्तरोन्नतिको कार्य भईरहेकाले मङ्सिर १४ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेवा प्रभावित हुने प्राधिकरणले जारी गरेको सुचनामा उल्लेख छ ।
कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चमती, भगवान पाउ, डल्लु आवास, जनसेवा मार्ग र काराखुशीमा विद्युत आपूर्ति बन्द हुनेछ । त्यस्तै, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्प, टंकेश्वर, महेन्द्ररत्न क्याम्पस, चागल र कलश अपार्टमेन्ट क्षेत्रमा पनि विद्युत आपूर्ति बन्द हुनेछ ।
निर्धारित समयअघि काम सम्पन्न भए प्रभावित लाइन सुचारु गरिने प्राधिकरणले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्