Skip to content
LAXMI SUNRISE BANK

नेपाल विद्युत् प्राधिकरणमा रोजगारीको अवसर, मंसिर १४ गतेसम्म दरखास्त दिन सकिने

अर्थ सरोकार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले धेरै पदका लागि  कर्मचारी माग गरेको छ । प्राधिकरणले दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ विभिन्न पदमा आवेदन माग गरेको हो ।

कम्पनीले सह निर्देशकदेखि प्राविधिकसम्म करिब ४ सय जना कर्मचारी माग गरेको छ । विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्री लगायतका पदका लागिसमेत माग गरेको हो ।

प्राधिकरणले दसौं तह अन्तर्गत प्रशासनतर्फ १ जना सहनिर्देशक, प्राविधिकतर्फ १ जना प्रवन्धक माग गरेको छ । साथै, ३ जना उपप्रवन्धक , सहायक निर्देशक, सहायक प्रवन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, इन्जिनियर लगायत सहायक स्तरका विभिन्न पदहरूमा प्राधिकरणले कर्मचारी माग गरेको हो ।

कम्पनीले पदको आधारमा योग्यता निर्धारण गरेको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले मंसिर १४ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK