काठमाडौँ । नेपाल ल्युब आयलले चितवन रत्ननगरका दुई विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ । रत्ननगर वडा नं. १ निवासी सरस्वती चौधरीका दुई सन्तानलाई कम्पनीको तर्फबाट १ वर्षको लागी आवश्यक शैक्षिक शुल्क र शैक्षिक सामाग्री बापतको १ लाख पन्ध्र हजार तिन सय रुपैयाँ बराबरको चेक हस्तानान्न्तरण गरेको हो ।
रत्ननगरको शिवकृपा अटोपार्टस सेन्टरमा आयोजित एक औपचारिक कार्यक्रममा नेपाल ल्युब आयलका मार्केटिंग मेनेजर पुर्णिमा गौतम, चितवनका लागी नेपाल ल्युबको आधिकारिक विक्रेता आशिर्वाद ट्रेडिङका संचालक सुवास कंडेल, नेपाल अटो मेकानिकल एसोसियसनका पुर्व अध्यक्ष ठाकुर प्रसाद न्यौपाने, नेपाल अटो मेकानिकल व्यवसायी संघका महासचिव टिकादत्त अधिकारी लगायतले संयुक्त रुपमा चौधरी परिवारलाई चेक हस्तानान्न्तरण गरेका हुन् ।
रत्ननगरमा मेकानिकको रुपमा काम गर्ने सरस्वतीका श्रीमान् विक्रम चौधरीको २०७८ सालमा कोभिड महामारीकाकारण मृत्यु भएको थियो । बिसि अटोवर्कशप नाममा आफ्नै वर्कशप संचालन गरेको दिवंगत विक्रम चौधर एक कर्मठ र दक्ष अटो मेकानिक रुपमा परिचित थिए ।
नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगा राज भट्टराईका अनुसार, ‘हामीले सधैं नेपालमा कार्यरत मेहनती अटो मेकानिक्सहरुको क्षमता विकासमा ध्यान केन्द्रित गरेका छौँ । त्यसैले हाम्रा अटो मेकानिक र उहाहरुका परिवारलाई आवश्यक परेको बेला सहयोग गर्नु हाम्रो कर्तव्य पनि हो र यो जिम्मेवारी हामीले भविष्यमा पनि निर्वाह गर्नेछौ।’
नेपाल अटो मेकानिकल एसोसियसनका पुर्व अध्यक्ष ठाकुर प्रसाद न्यौपानेले मजदुरहरुलाई खुसी पार्न लाखौँ रकम भोजभतेर तथा खानपानमा खर्च गर्ने कार्यक्रम गर्नु भन्दा मजदुरको सन्तानको शिक्षा-दिक्षामा लगानी गर्दा समस्त परिवारको नै दिगो रुपमा विकाश हुन्छ भन्ने विश्वास व्यक्त गरेका थिए ।
फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो । यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्