×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंक र उद्योग वाणिज्य महासंघबीच अध्ययन अनुसन्धान एवं नीति निर्माणमा सहकार्य गर्ने समझदारी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

राष्ट्र बैंक र उद्योग वाणिज्य महासंघबीच अध्ययन अनुसन्धान एवं नीति निर्माणमा सहकार्य गर्ने समझदारी

१९ कार्तिक २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच अध्ययन/अनुसन्धानको प्रयोजनका निम्ति आर्थिक तथ्याङ्क र सूचना आदानप्रदान गर्ने समझदारी भएको छ ।

शुक्रबार आयोजित एक कार्यक्रमकाबीच नेपाल  राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थितिमा उक्त समझदारी भएको हो । समझदारीपत्रमा बैंकका तर्फबाट आर्थिक अनुसन्धान विभाग कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ र महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले हस्ताक्षर गरेका हुन् ।

उक्त समझदारी अनुसार आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयारीका लागि महासंघमा आवद्ध उद्योगीहरुले प्रत्येक त्रैमासमा आवश्यक तथ्याङ्क र
सूचनाहरू राष्ट्र बैंकलाई उपलब्ध गराउने छन् । उक्त सम्झौताले राष्ट्र बैंक र महासंघबीच हातेमालो गर्ने अवसर सिर्जना गरेको र आगामी दिनमा नीति निर्माणमा निजी क्षेत्रको सहभागिता बढ्ने गभर्नर अधिकारीले बताए ।

त्यस्तै, महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रसंग केन्द्रिय बैंकको सहाकार्यका लागि धन्यवाद दिँदै आगामी दिनमा वास्तविकतामा आधारित नीति निर्माणमा सहयोग पुग्ने बताए । साथै, यस सम्झौताले सहि सुचना प्रभावित हुनेमा विश्वास व्यक्त गरे ।

समझदारी अनुसार राष्ट्र बैंकले समय समयमा गर्ने अनुसन्धानमा महासंघ र सदस्य संस्थाहरुले आवश्यक सुचना र जानकारी उपलब्ध गराउने छन् भने महासंघले गर्ने अध्ययनमा राष्ट्र बैंकले प्राविधिक सहयोग गर्ने भएको छ । समझदारी कार्यन्वयनका लागि सहजीकरण सेल निर्माण गर्ने जनाईएको छ भने समझदारी पाँच वर्षका लागि लागु हुनेछ ।

राष्ट्र बैंकमा आयोजित हस्ताक्षर कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगाना, महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरु सुरकृष्ण बैध, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठलगायतको उपस्थिति थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: