×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिहार बिदा पछिको पहिलो दिन १.३९ अंकले बढ्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

तिहार बिदा पछिको पहिलो दिन १.३९ अंकले बढ्यो नेप्से परिसूचक

Artha Sarokar

४ मंसिर २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । तिहार बिदा पछिको पहिलो कारोबारको दिन सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबार नेप्से परिसूचक १.३९ अंकले बढेर १८५३.४८ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल २८४ कम्पनीको ३३ लाख १९ हजार ५ सय ५८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन डिस्ट्रीलरीको भएको छ । यस कम्पनीको ७ करोड ३६ लाख २५ हजार ६ सय ६६ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै सोमबारको सेयर बजारमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा कर्णाली डेभलपमेन्ट बैंक, समाज लघुवित्त वित्तिय संस्था, सहस उर्जा लिमिटेड, हाथवे इन्भेस्टमेन्ट नेपाल र खानीखोला हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा हिमालयन डिस्ट्रीलरीको भएको छ । यस कम्पनीको ७ करोड ३६ लाख २५ हजार ६ सय ६६ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोल्टी होटल, सोनापुर सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट, शिवम् सिमेन्ट र सानिमा जीआइसी इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबारको सेयर बजारमा फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । फरवार्ड माइक्रोफाइनान्समा यस्तो गिरावट आउँदा सयपत्री हाइड्रोपावर, माथिल्लो मैलुङ्ग खोला जलविद्युत, हिमालयन डिस्ट्रीलरी र पिपुल्स हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी