काठमाडौं । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक २३.८२ अंकले घटेर १८२९.६५ बिन्दुमा पुगेको हो ।
मंगलबार नेप्सेमा कुल २८५ कम्पनीको ३६ लाख ७५ हजार १ सय १ कित्ता सेयर खरिद बिक्री हुँदा ९५ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको ७ करोड ७८ लाख २९ हजार २ सय ३८ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै मंगलबारको सेयर बजारमा मेंछियम हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा बिपीडब्लु लघुवित्त वित्तीय संस्था, एनएमबि सुलाव इन्भेस्टमेन्ट फण्ड-२, १०% प्रभु बैंक डेबेञ्चर २०८४, एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड र ग्लोबल आइएमई बैंक लिमिटेड डेबेञ्चर २०८६/८७ का लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा हिमालयन डिस्ट्रीलरीको भएको छ । यस कम्पनीको ७ करोड ७८ लाख २९ हजार २ सय ३८ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, शिवम् सिमेन्ट, सोल्टी होटल लिमिटेड, हाथवे इन्भेस्टमेन्ट नेपाल र नबिल बैंक लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा माथिल्लो मैलुङ्ग खोला जलविद्युतका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । माथिल्लो मैलुङ्ग खोला जलविद्युतमा यस्तो गिरावट आउँदा महिला लघुवित्त वित्तिय संस्था, उपकार लघुवित्त वित्तिय संस्था, नेस्डो सम्बृद्ध लघुवित्त वित्तीय संस्था र हिमालयन डिष्ट्रिलरीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्